४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या
अ+ अ-

काठमाडौँ। भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ ।

साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि शय्या अभावले बिरामीको उपचार गर्न नसकिएको बताउनुभयो ।

“हामीसँग क्यान्सरको उपचारको सेवा सबै उपलब्ध छ”, निर्देशक डा चालिसेले भन्नुभयो, “तर बिरामी राख्ने ठाउँ नभएर उपचार दिन सकेका छैनाँै ।” उहाँका अनुसार अस्पतालले दैनिक ३० क्यान्सरका बिरामीलाई उपचार सेवा दिनुपर्ने भए पनि शय्या अभावले समस्या भएको छ । तीमध्ये भर्ना गरेर क्यान्सरको उपचार गर्नुपर्ने १५ जना र १५ जना डे–केयरमा क्यान्सरको बिरामी रहेका छन् ।

शल्यक्रिया र रेडियसन गर्न दुई हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । बिरामी उपचारका लागि कुर्नुपरेपछि महँगो उपचार गर्न निजी अस्पताल तथा भारत जान बाध्य भएका छन् । “सेवा प्रभाव गर्ने क्षमता भए पनि हामीसँग पूर्वाधार छैन”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो, “पूर्वाधार अभावले हामीले गरिबी विपन्न बिरामीको उपचार गर्न नपाएर फर्काइरहेका छौँ । ती बिरामीले ऋण खोजेर निजी तथा भारतका अस्पतालमा उपचार गर्न जान बाध्य छन् ।”

अस्पतालमा क्यान्सर उपचारका लागि ९० प्रतिशत सुविधा भए पनि बिरामीलाई शय्या अभावले अयन्त्र पठाउनुपर्ने बाध्यता छ । नेपाल अर्बुद रोग निवारण सङ्घले सञ्चालन गर्दै आएको उक्त अस्पताल २०७७ सालमा सरकारले विकास समितिअन्तर्गत ल्याएर सरकारी बनाएको हो । अहिले भक्तपुर अस्पतालको जग्गामा सङ्घ बनाएको भौतिक पूर्वाधारमा अस्पतालले सञ्चालन भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा चालिसले सरकारसँग पटकपटक आग्रह गरेर अन्यत्र सारेर अस्पतालको क्षमता बढाउन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो । “सरकारले हामीलाई उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराएर भवन बनाइदिएपछि दैनिक विरामीलाई हामीले फिर्ता गर्नुपर्ने अवस्था आउने थिएन”, उहाँले भन्नुभयो, “हामी उपचार गर्नसक्ने सक्षम भए पनि ठाउँ अभावले बिरामीको उपचार दिन नसकेकामा दुःख लाग्छ ।”

निर्देशक डा चालिसेका अनुसार क्यान्सर अस्पतालका लागि भक्तपुरमा तीन ठाउँमा जग्गा हेरिएको छ । चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा गरी तीन ठाउँ हेरे पनि जग्गा प्राप्त प्रक्रियाले अहिलेसममा जग्गा प्राप्ति भएको छैन । एक सय ६५ शय्याको अस्पतालमा दैनिक ७०० भन्दाबढी बिरामी उपचार लागि आउने गर्दछन् । यो सङ्ख्या गत वर्षभन्दा दोब्बर हो ।

“अस्पतालको प्रदान गर्ने सेवा गुणस्तरीय भएर होला अहिले अस्पतालमा गत वर्षभन्दा दोब्बर बिरामी आउने गरेका छन्”, निर्देशक डा चालिसेले भन्नुभयो, “दोब्बर बिरामीलाई उपचार गर्न सक्षम भए पनि पूर्वाधारको कमी छ ।”

उपचारमा आएकामध्ये ८० प्रतिशत क्यान्सरका बिरामी हुन् । अस्पतालमा दैनिक आठदेखि १० जनासम्म शल्यक्रिया, ७० जना किमो चढाउनुपर्ने र १५० जनाको रेडियसन गर्नुपर्ने हुन्छ । अस्पताल साँघुरो ठाउँमा सञ्चालन गर्नुपरेकाले बिरामीलाई पनि सहज रुपमा उपचार दिन सकिएको छैन ।

“यति सानो ठाउँमा क्यान्सरका बिरामीको उपचार गर्न मिल्दैन तर पनि हामीले बाध्य भएर साँघुरो ठाउँमा गुणस्तरीय सेवा दिएका छौ”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो ।  रासस