४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह

एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन
अ+ अ-

काठमाडाैँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।

कार्यदलले तयार गरेको प्रतिवेदन आईतवार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलमा गम्भीर छलफल भएको बताउनु भयो ।

उहाँकाअनुसार बदलिँदो जनताको मनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती तथा एमालेलाई एकतावद्ध बनाएर अघि बढाउने विषयमा छलफल गरिएको थियो। कार्यदलमा आएका विभिन्न सुझावलाई खुला रूपमा छलफल गरी साझा प्रतिवेदन तयार गरिएको उहाँले बताउनु भयो । कार्यदलमा यसअघि विभिन्न नेताका छुट्टाछुट्टै प्रतिवेदन रहेको चर्चा भएपनि ती अलग–अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको अर्यालले स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापाले बैठकमा पेस गरेको मस्यौदामा आवश्यक थपघट तथा परिमार्जन गरी सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरिएको हो । अर्यालले प्रतिवेदनमा नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय समावेश नगरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो तीन वटा प्रतिवेदन होइन, एउटा मस्यौदा हो । कसैले कुनै विषयमा मस्यौदा गर्नुभएको हुन्छ । त्यसलाई एकीकृत बनाएर बैठकले फाइनल गरेपछि बल्ल त्यो प्रतिवेदन हुन्छ । अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन । यो प्रतिवेदन दिउँसो सचिवालयमा जान्छ । सचिवालयले के गर्छ, त्यो सचिवालयको कुरा हो ।’

उहाँले कार्यदलले तयार गरेको प्रतिवेदनलाई कुनै एक नेताको मात्र प्रतिवेदनका रूपमा बुझ्न नहुने बताउनु भयो । संयोजक बादलले मस्यौदा पेश गरे पनि छलफल र परिमार्जनपछि त्यसलाई कार्यदलको साझा दस्तावेजका रूपमा तयार गरिएको उहाँको भनाइ छ । अर्यालकाअनुसार कार्यदलले तयार गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको हो ।