४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह
अ+ अ-

काठमाडाैँ । नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ ।

सोसाइटीले आपत्कालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने जनाएको छ ।
सोसाइटीले ‘विपद्का समयमा बालबालिकाको व्यवस्थापन’ सम्बन्धी आधिकारिक सुझाव जारी गर्दै यस्तो अवस्थामा पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको हो ।
नेपासका अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू (फर्मुला मिल्क वा बट्टाको दूध) को प्रयोग स्तनपान पूर्ण रूपमा असम्भव भएको अवस्थामा र स्वास्थ्यकर्मीको उचित सल्लाहमा मात्र गरिनुपर्छ ।
आमाको मृत्यु, बेपत्ता भएको वा लामो समयदेखि आमा र बच्चा छुट्टिएको अवस्थामा, आमाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भई स्तनपान गराउन नसक्ने भएमा, आमामा गम्भीर मानसिक चोट वा आघात पुगी स्तनपान गराउन नसक्ने स्थिति भएमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग गर्न सकिने जनाएको छ ।
त्यसैगरी, विपद् अगाडिदेखि नै आमाको दूधको विकल्प (बट्टाको दूध) प्रयोग गरिरहेको अवस्थामा, आमा वा शिशुको मेडिकल कारणले स्तनपान गराउन वा लिन नसक्ने भएमा, स्तनपान गराउन नसकिने अवस्था भएमा र धाई आमा (स्तनपान गराउने अन्य महिला) उपलब्ध नभएमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने सुझाव दिएको छ ।
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्दा प्रतिस्थापन गर्ने वस्तु निरन्तर र पर्याप्त मात्रामा उपलब्ध हुनुपर्ने, सुरक्षित पानी र सरसफाइको उचित व्यवस्था भएको सुनिश्चित हुनुपर्ने, शिशुको वृद्धि विकास र स्वास्थ्यको नियमित अनुगमन गर्ने संयन्त्र हुनुपर्ने तथा यो सुविधा अति आवश्यक देखिएका शिशुहरूलाई मात्र लक्षित गरी सहयोगका रूपमा उपलब्ध गराइनुपर्ने सोसाइटीले जनाएको छ ।
सोसाइटीका उपाध्यक्ष बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले सोसाइटीले आपत्कालीन अवस्थाको फाइदा उठाउँदै शिशु स्वास्थ्यमा गम्भीर असर पर्ने खालका गतिविधि नगर्न आग्रह गर्नुभयो । उहाँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको आम रूपमा वितरण नगर्न, बोतल र दूधदानीको वितरणमा रोक लगाइनुपर्ने बताउनुभयो । उहाँले स्तनपानको अभ्यासलाई कमजोर बनाउने वा निरुत्साहित गर्ने कुनै पनि कार्य गर्नु नहुने स्पष्ट पार्नुभयो ।
सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन २०४९ र आपत्कालीन शिशु तथा बालबालिकाको पोषणसम्बन्धी राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।