३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा
अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र बैकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागिएको आरोप लगाउनुभएको हो ।

उहाँले गभर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउनेगरि सरकारले कानुन बनाउन लागेको बताउनु भयो । यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उहाँको भनाई छ ।

उहाँले नियामक निकायण्लाई कमजोर बनाउन लाग्न नहुनेमा जोड दिनुभयो । पाँच वर्षको गभर्नरको कार्यकाल विश्वव्यापी अभ्यास रहेको र यो केन्द्रिय बैंकको संस्थागत स्वायत्ततासँग जोडिएको उहाँको भनाई छ । राष्ट्र बैंकलाई कानूनले दिएको कार्यात्मक स्वायत्तता व्यवहारमै कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पूर्वगर्भनर समेत रहनुभएका खतिवडाले राष्ट्रबैकमाथी सरकार मात्रै नभई अन्य नियामक निकायले पनि हस्तक्षेप गर्न खोज्ने गरेको बताउनु भयो ।

उहाँले आफ्नो गभर्नर कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेपको प्रयास भएको उल्लेख गर्नुभयो । बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैक कठोर हुनुपर्ने उहाँको भनाई छ । राष्ट्र बैंकले आफ्नो अधिकारक्षेत्र र स्वायत्तताको संरक्षणका लागि आवश्यक दृढ अडान लिनुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी), अर्थ मन्त्रालय तथा अन्य नियामक निकायबीच क्षेत्राधिकारको विषयमा समस्या देखिने गरेको छ । यसमा संवादबाट समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो । नियामक निकायहरूबाट हुने अनावश्यक ‘प्रोएक्टिभिज्म’ ले संस्थागत स्वायत्तता कमजोर पार्न सक्ने उहाँका भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्र बैंकलाई स्वायत्त निकायबाट  सरकारको सहयोगी बनाउन खोजिएको छ, गभर्नरको कार्यकालै घटाउन थाल्नुभयो । अब उहाँहरूले जे भन्नुहुन्छ, त्यो मान्य हो, त्यो दुई वर्ष थपिन्छ कि म्याद भनेर लोभिएर बस्ने हो । अनि दीर्घकालीन ५ वर्षे कार्यनीति बनायो भने ३ वर्षपछि के हुन्छ, के हुन्छ ? बोर्डका सदस्यले पनि त्यही भन्ने हो, अहिले भर्खरै नियुक्ति भएको डेपुटी गभर्नरले पनि त्यही भन्ने होला । यो अस्थिरता उहाँहरूले जन्माइदिनुभयो फेरि । रेगुलेटरहरूलाई यति कमजोर बनाउने काम नगरौँ । ५ वर्षको गभर्नरको कार्यकाल भनेको यसै राखिएको होइन । यो कसैले ह्युममा राखेको होइन । विश्वव्यापी अनुभव, प्रचलन हो । कतिपय केन्द्रीय बैंकको त ६ वर्ष पनि कार्यकाल छ, अहिलेसम्म राष्ट्र बैंकलाई फङ््सनल अटोनामी छ, त्यसको पालना भइरहेको छ । त्यो राम्रो पक्ष छ । त्यही भएर राष्ट्र बैंकको रेगुलेटरी भूमिका राम्रो छ । तर कहिलेकाहीँ अरू नियामक निकायहरूले त्यो अलिकति चिज राम्रो देखेपछि आँखा लगाउने चाहिँ हुन्छ । त्यो आँखा म गभर्नर हुँदा पनि लगाइएको थियो । १ करोडभन्दा बढी बैंकको लोन हुने सबैको विवरण हामीलाई चाहियो भनेर एउटा नियामक निकायले मागेकै हो । मैले दिन्न भनेकै हो । त्यो मेरो जुरिडिक्सन हो, अदालतले माग्ने अवस्थामा बाहेक अरू कसैलाई दिन्न । राष्ट्र बैंकले त्यो अडान लिन सक्नुपर्छ । राष्ट्र बैंक कहिलेकाहीँ अलि भोकल पनि हुनुपर्छ । त्यो हुँदाखेरि मेरो अर्को दुई वर्ष म्याद थपिदैन भन्ने कुरा छोड्दे हुन्छ । ३ वर्ष भइसकेपछि नोटमा सही गरेपछि ३ हुनु, ४ हुनु, ५ हुनु केही फरक पर्दैन । त्यहाँ राष्ट्र बैंकले अडिन सक्नुपर्छ । तर कहिलेकाहीँ प्रोएक्टिभिज्म धेरै निकायको हुन्छ । राष्ट्र बैंकमा बस्दा हामीले पनि ग¥यौँ होला । त्यसको पनि मूल्याङ्कन होस् अथवा अहिलेकै राष्ट्र बैंकले पनि गरेको होला । प्रोएक्टिभिज्म चाहिँ कुनै रेगुलेटरी निकायबाट पनि गरिनुहुँदैन । सीआईबीले कहिलेकाहीँ गर्छ, त्यो देखिएको छ । त्यो गर्न खोज्दाखेरि राष्ट्र बैंकमा बोलाएर कुरा गरेर नचाहिने ठाउँको हस्तक्षेप हटाइएको पनि छ । त्यसमा राष्ट्र बैंकले छलफल गर्न सक्नुप¥यो, सीआईबीले मानेन भने त्यसको प्रमुखसँग कुरा गर्नुप¥यो, त्यो पनि भएन भने प्रधानमन्त्रीसँग कुरा गर्नुप¥यो, अर्थमन्त्रीसँग कुरा गर्नुप¥यो । हामी बालुवाटारमा मात्रै बसेर यो समस्या फेरि हल गर्न सक्दैनौँ । त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ । त्यसो गरेमा केन्द्रीय बैंकको स्वायत्तता हामीले जोगाउन सक्छौँ । होइन भने कानुनमा मात्रै राखेर पनि त्यो स्वायत्तता हुँदैन ।’

उहाँले हाल नेपालको बैंकिङ प्रणाली बलियो र सुदृढ रहेको रहेको बताउनुभयो । यदपी कर्जा विस्तार भने हुन नसकेको बताउनु भयो । बैंकिङ क्षेत्रमा करिब १४–१५ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको भनिएपनि वास्तविक रूपमा तत्काल परिचालन गर्न सकिने रकम ५–७ खर्ब मात्रै रहेको बताउनु भयो । उहाँले विगतमा बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउँदा वित्तीय प्रणालीमा ठूलो मात्रामा पुँजी थुप्रिएको र नाफाको खोजीमा बैंक तथा व्यवसायिक क्षेत्रमा ओभर–लेभरेजिङ बढेको बताउनु भयो । घरजग्गाको मूल्यमा थप वृद्धि हुन नसक्दा धितोमा आधारित कर्जा विस्तारमा समेत सीमा आएको उहाँको भनाई छ । उहाँले अब परियोजनामा आधारित कर्जा प्रवाहका लागि कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । धितोबिनाको परियोजनामा कर्जा दिँदा नियामकीय तथा अनुसन्धान निकायबाट प्रश्न उठ्न सक्ने जोखिम रहेकाले बैंकहरू परियोजनामा आधारित कर्जा विस्तार गर्न हिच्किचाइरहेको उहाँको भनाई छ । उहाँले राष्ट्र बैकले मात्रै हाल बैंक तथा वित्तीय प्रणालीमा देखिएको समस्याको समाधान गर्न नसक्ने बताउनु भयो । तत्कालीन व्यवस्थापनका लागि राष्ट्र बैंकले केही काम गरेपनि यसले दीर्घकालिन समाधान नदिने उहाँको भनाई छ । उहाँले अर्थतन्त्रमा देखिएको मूल समस्या समाधान नगरेसम्म बैंक तथा वित्तिय प्रणालीमा देखिएको समस्या समाधान नहुने बताउनु भयो । वर्तमान सरकारलााई निजी क्षेत्रले विश्वास गर्न नसकेकेका उहाँको भनाई छ । सरकारले लगानीको वातावरण नबनाएसम्म कर्जाको माग नबढ्ने उहाँले बताउनुभयो । हाल व्यवसायीहरू त्रसित रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले बैंकिङ क्षेत्रमा १४–१५ खर्ब जति भने नि लगानीयोग्य पैसा त ५–६ खर्ब होला । कसैलाई क्यापिटलले हिट गरेको होला, कसैलाई रिस्कले हिट गरेको होला, कसैलाई कोलाटरल लिन सक्ने स्थिति नभएर होला । कतिलाई वर्किङ क्यापिटल गाइडलाइनले नै रोकेको होला । कतिलाई सिटी रेसियो पनि अलिअलि स्ट्रेसमा होला । अब त्यो रकम लिएर बस्ने हो । राष्ट्र बैंकले डिपोजिटको ब्याजदरलाई प्रोटेक्ट गर्नको लागि अलिकति इन्टरभिन गरेको छ । त्यो ठिक–बेठिक म केही भन्दिन । तर त्यो टेम्पररी ज्वरो आएको बेला सिटामोल खान दिएको जस्तो मात्रै हो । तर ज्वरो सिरियस आएको छ भने त्यो सिटामोलले ६ घण्टा निको पार्छ, फेरि अर्को खानुपर्छ । उहाँहरू ६–६ घण्टाको बीचमा सिटामोल खुवाइरहनुभएको छ, त्यही नै हो । उहाँहरूले गर्ने टु दि बेस्ट त्यही हो । किनभने समस्याको जड अन्त पनि छ । त्यो सरकारसँग छ । त्यो व्यावसायिक क्षेत्रसँग पनि छ । सरकारसँग किन छ भने व्यवसायीहरू यति धेरै किन त्रसित हुनुभएको ? डर–पकडले होला कि, हिजो भएको विध्वंशको क्षतिपूर्ति नपाएर हो कि ? सरकार बहुमतको छ तर त्यसलाई स्थायित्व दिन सक्दैन कि ? सरकारमा बसेकै मान्छेहरूको बीचको नीतिगत रूपमा चाहिँ फरक छ कि ? प्रश्न त छन् नि । त्यसो हुनाले यी प्रश्नको उत्तर अर्थ मन्त्रालय या नेपाल सरकार सिंहदरबारसँग छ । राष्ट्र बैंकसँग धेरै यसको उत्तर छैन । त्यो उत्तर नभएको कारणले राष्ट्र बैंकले त्यो सिटामोल दिएर बस्ने हो ।’

उहाँले अर्थतन्त्र चलायमान सरकारले आफ्नो बजेट खर्च गर्ने क्षमता सुधार्नुपर्ने बताउनु भयो । उहाँले सरकारले आफ्नो बजेटको पूर्ण उपयोग गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय राजश्व संकलनमा पनि संकुचन आएको उल्लेख गर्नुभयो ।

राजश्वमा वृद्धि गर्न सरकारले व्यवासायिक वातवरण निर्माण गर्नुपर्ने उहाँको भनाई छ । गत वर्षको जेन–जी आन्दोलनले पनि निजी क्षेत्रमा व्यवसायिक वातावरण र लगानीकर्ताको विश्वासमा असर पारेको उहाँले बताउनु भयो । ठूला परियोजनामा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न ब्याजदर मात्रै पर्याप्त नभएको उहाँको भनाई छ ।

उहाँले पुँजी बजारले मात्रै पनि अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने बताउनुभयो । कर्पोरेट क्षेत्रको वित्तीय तथा व्यावसायिक अवस्था सुधार नभएसम्म वास्तविक अर्थतन्त्रको विस्तार नहुने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल