३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
अ+ अ-

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताउनुभएको छ ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताउनुभयो । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गर्नुभयो ।

पहाडी मुलुक–भूकम्पीय जोखिम, बाढी पहिरो, जलवायु परिवर्तनको असर हाम्रा जीवनका प्राकृतिक चुनौती भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामथ्र्य प्राप्त होस् भनी कामना गर्नुभयो ।

हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उहाँले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताउनुभयो ।

“यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएको छ, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”

जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उहाँले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिनुभएको छ । रासस