३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो

धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो
अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ । बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि अवरुद्ध भएको सेवा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा तीव्र गतिमा पुनःस्थापना गरिएको हो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी गएको भोलिपल्टदेखि नै प्रभावित जिल्लामा विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाइएको थियो । धादिङमा नुवाकोटभन्दा अगाडि नै सबै क्षेत्रमा विद्युत् सेवा सुचारू गरिएको थियो भने नुवाकोटमा भदौ २४ गते सम्पूर्ण क्षेत्रमा बिजुली पुगेको हो ।

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा भने हालसम्म करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गरिएको प्रवक्ता शाक्यले जानकारी दिए । उनका अनुसार उत्तरगया गाउँपालिका–१ तथा गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ३ बाहेक जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको छ ।

राष्ट्रिय विद्युत् वितरण प्रणाली नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली जडान गरी विद्युत् सेवा क्रमशः पुनःस्थापना भइरहेको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा विद्युत् वितरणका पोल, तारलगायतका पूर्वाधारमा क्षति पुगेपछि विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको थियो । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मत गर्दै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सामान्य बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ ।