१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा बढ्दो महंगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद बरालले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा सर्वसाधारण समस्यामा परेको बताउनुभयो। ग्यास नपाउँदा नागरिक भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उहाँले सरकार यस विषयमा जवाफदेही हुनुपर्ने माग गर्नुभयो।

ग्यासको अभावसँगै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको उल्लेख गर्दै उहाँले जनताका आधारभूत आवश्यकताप्रति सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभयो। विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको समस्या समाधान गर्न नसकेको भन्दै उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।

बैठकमा उहाँले भन्नुभयो, ‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिट्लरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरङ्कुशता शैली हो ? मान्छेहरु ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन ?’

उहाँले सरकारलाई ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा स्पष्ट जवाफ दिन निर्देशन गर्न सभामुखमार्फत रुलिङको मागसमेत गर्नुभयो। साथै, ‘हिजोको दिनमा नैतिकताको कुरा गर्नुहुन्थ्यो, यही हो नैतिकता ?’ भन्दै सरकारप्रति प्रश्न उठाउनुभयो।