३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह



अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री भइरहेको जनाएको छ।

विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी नदीमा आएको बाढी–पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुनुका साथै भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएका कारण चाडपर्वका बेला चिनीको अभाव हुन सक्ने विषय विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको जनाएको छ।

यसै विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीको अध्यक्षतामा भदौ ३० गते सरोकारवालासँग भएको बैठकपछि काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँका दरले चिनी बिक्री भइरहेको विभागले स्पष्ट पारेको हो।

भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध भइरहेको विभागले जनाएको छ। चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको भन्दै विभागले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्नसमेत आग्रह गरेको छ।

विभागले बजारमा चिनीको अभाव नरहेको र उपभोक्तालाई आवश्यक परिमाणमा खरिद गर्न अनुरोध गरेको छ।