३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।

बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले बाढी प्रभावित तथा बेपत्ता नागरिकका समस्या सम्बोधन गर्न आवश्यक कानुनी व्यवस्था गर्ने विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीका कारण बेपत्ता भएका व्यक्तिको अवस्था, उनीहरूसँग सम्बन्धित बीमा, डीएनए पहिचानलगायतका विषयलाई कानुनी रूपमा सम्बोधन गर्न ‘सनसेट ल’ ल्याउने विषयमा बैठकमा छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने र संसदीय समिति बन्नेछ । सनसेट लहरू लागू गर्ने कुरा भएको छ । बाढीपीडित अहिले जसरी बेपत्ता छन्, बेपत्ता भइसकेपछि पनि उनीहरूको इन्स्योरेन्सको कुरा छ । डीएनएको कुरा छ ।”

बैठकले भोटेकोशी बाढीपछि खोजी, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

संयन्त्रमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराउने तथा छुटेका दललाई समेत समेट्ने विषयमा छलफल भएको शाहीले बताउनुभयो ।

त्यस्तै, विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा राज्यका विभिन्न निकायबाट भइरहेका कामको अध्ययन, समन्वय र अनुगमन गर्न संसद्भित्र विशेष समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

विशेष समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने र एक साताभित्र समिति गठन गर्ने पहल गर्ने निर्णय सर्वदलीय बैठकले गरेको शाहीले जानकारी दिनुभयो।




भर्खरै