२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप करिब २७ लाख १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् ।

संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट प्रत्येक सदस्यले न्यूनतम १५ हजार रुपैयाँका दरले प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

यसअघि नै रास्वपाले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ । उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा हुँदै आएको मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताउनुभयो ।

त्यसबाहेक संसदीय दलका सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन् । सदस्यहरूबाट न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने जनाइएको छ ।

मुख्य सचेतक बुर्लाकोटीले प्रस्तावअनुसार योगदान रकम जम्मा गर्ने प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभएको छ ।