२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु



अ+ अ-

काठमाडाैँ । घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सबिना सुनार सोमबार बिहान करिब १० बजे मेलपानी भिरमा घाँस काट्ने क्रममा अचानक करिब ४०० मिटर तल लडेकी थिइन् ।

भिरबाट लडेपछि गम्भीर घाइते भएकी सुनारलाई प्रहरी चौकी रापाकोटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा पठाएको थियो । अस्पताल पुर्‍याइएपछि चिकित्सकले बिहान ११ः५० बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।