काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( नेसनल प्याब्सन), कास्कीको आयोजनामा कम्प्युटर विज्ञान विषयका शिक्षकहरूबीच ‘पेडागोजिकल अभ्यासमा परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कास्कीमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा कार्यरत ३० भन्दा बढी कम्प्युटर विज्ञान विषयका शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षण सिकाइका पछिल्ला अभ्यास, प्रविधिको प्रयोग तथा समयअनुसार शिक्षण विधिमा आवश्यक परिवर्तनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक कमल थापाले गर्नुभएको थियो भने अध्यक्षता एनप्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष विकल पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, कमल रानाभाटले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विशाल राईले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षण पद्धतिमा प्रविधिको बढ्दो प्रयोगसँगै शिक्षकले अपनाउनुपर्ने नयाँ अभ्यास, विद्यार्थी केन्द्रित सिकाइ तथा कम्प्युटर विज्ञान शिक्षणलाई थप प्रभावकारी बनाउने उपायबारे विचार आदानप्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको शैक्षिक सहयोग ‘युरेका’ प्रकाशन प्रालिले गरेको थियो ।









