२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै



अ+ अ-
काठमाडाैँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ ।
सडक डिभिजन भरतपुरका प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “सात दिनयता माथिका ठूला ढुङ्गा काटेर फाल्ने काम भइरहेको छ । अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन् । ठूला ढुङ्गा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ ।”
उहाँका अनुसार तुइनखोलामा गर्न लागिएको पहिरो रोकथामको कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको प्रकृतिअनुसार टू-डाइमेन्सनल (द्वि-आयामी ढाँचा) र त्रि-आयामी ढाँचा (थ्री-डाइमेन्सनल रेट) प्रयोग गरी बायोइन्जिनियरिङमार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो ।
अहिले पहिरोको भिर काटेर ढुङ्गा फाली स्लोप बनाउने काम भइरहेको छ । त्यसपछि उक्त स्थानमा ‘नेलिङ’ प्रविधि अपनाइने इञ्जिनियर लामिछानेले बताउनुभयो । पहिरो जाने क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई कमजोर बनाउने भएकाले पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’को समेत व्यवस्थापन गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,  “मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ ।”
इञ्जिनियर लामिछानेले एक महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताउँदै माथिका ठूला ढुङ्गा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने जानकारी दिनुभयो । उक्त खण्डमा बिहान ८ः३० देखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।