२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना



अ+ अ-

काठमाडौं । बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाका लागि रोजगारी सिर्जना भएको हो । यो अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् । गत आवमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार ८०७ पुगेको छ ।

यस अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तिमगरले जानकारी दिनुभयो । आव २०८१/८२ मा ६५७ दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए । वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरले बताउनुभयो ।

आव २०८१/८२ मा ७१२ दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए । कार्र्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उहाँले जानकारी दिनुभयो । मगरका अनुसार आव २०८२/८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार ९५० भएको छ ।

समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ । गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार ७९५ भएको उद्योग अधिकृत घर्तिमगरले जानकारी दिनुभयो । अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार ७८५ राजस्व सङ्कलन भएको थियो ।

राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरको भनाइ छ ।