२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला



अ+ अ-

नारायणगढ। नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ ।

बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि मात्रै सडक खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो ।

बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ । सडकखण्डअन्तर्गत तुइन खोलामा अहिले मर्मत कार्य भइरहेको छ ।

मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन् । त्रिशूली नदीमा गत भदौ १० गते र त्यसपछि आएको बाढीका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि सडक अवरुद्ध हुँदै आएको छ ।

सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ । मर्मत कार्यका कारण यात्रुले आफ्नो यात्रा समयलाई ध्यानमा राख्न तथा सडक खुल्ने समयअनुसार मात्रै आवतजावत गर्नुपर्ने अवस्था रहेको छ । –न्युज एजेन्सी नेपाल