सान्टियागो। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब १०:३० बजे आगलागी सुरु भएको थियो । वृद्धाश्रममा रहेका व्यक्तिमध्ये १० जनालाई मात्र सुरक्षितरूपमा बाहिर निकाल्न सकिएको थियो । “राति करिब १०ः३० बजे आगलागी सुरु भयो ।
वृद्धाश्रममा रहेकामध्ये १० जनालाई मात्र सुरक्षितरूपमा बाहिर निकाल्न सकियो । १६ जनाको मृत्यु भएकोमा हामी दुः खी छौँ”, एक प्रहरी अधिकारीले बताएका छन् ।आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार बिहानसम्म पनि अग्निनियन्त्रक, प्रहरी र स्थानीय नगरपालिकाका कर्मचारी घटनास्थलमा खटिएका थिए । उनीहरूले भग्नावशेष हटाउनुका साथै घटनास्थललाई सुरक्षित बनाउने काम गरिरहेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा









