काठमाडौँ। गायक नवीन पौडेलले बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटमा पुगेर राहत सामग्री वितरण गरेका छन् ।
विनाशकारी बाढीबाट प्रभावित परिवारको अवस्था बुझ्दै पौडेलले राहत सामग्री हस्तान्तरण गरेका हुन्। उनले विपद्को कठिन समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगलाई निरन्तरता दिनुपर्ने बताएका छन्।गीत–संगीतमार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका पौडेल यतिबेला बाढीपीडितको दु:खमा मल्हम लगाउन राहत सामग्री लिएर प्रभाबित क्षेत्रमा पुगेका हुन् ।
बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ भने सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुन:स्थापनाका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्दै आएका छन्।









