२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई अभूतपूर्व विनाको दिन भनेका छन् । यो दिनलाई देशको इतिहासकै दुःखद दिनका रूपमा स्मरण गर्दै उनले त्यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन्।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राज्यका संरचना, सम्पदा र निजी सम्पत्तिमाथि भएको विध्वंसप्रति टिप्पणी गरेका छन्। आफ्नै इतिहासको पानामा आगो सल्काएर खरानीको टीका लगाउने प्रवृत्तिलाई उनले व्यंग्य गरेका छन्। शत्रुले वर्षौंसम्म योजना बनाएर पनि गर्न नसक्ने ‘अभूतपूर्व विनाश’ आफ्नै हातबाट गरिएको भन्दै उनले त्यसलाई विडम्बनापूर्ण घटनाका रूपमा चित्रण गरेका छन्।

देशको सम्पदा ध्वस्त पारेर सत्ताको कुर्सीमा मुस्कुराउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै आचार्यले त्यस्तो गतिविधिले नेपालमा लगानी गरेर समृद्ध बन्ने अन्तर्राष्ट्रिय समुदायको विश्वासमा समेत असर पार्ने बताएका छन्।