२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा



भारतीय रक्षामन्त्री राजनाथ सिंह ।
अ+ अ-

नयाँदिल्ली। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत-श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।

उहाँले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्वपूर्ण साझेदार रहेको बताउनुभएको छ । भारतीय रक्षा मन्त्रालयले भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुग्ने जनाएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछिको सङ्कटमा भारतले सहयोग गरेको थियो । भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि र विपद व्यवस्थापनका लागि ४५ करोड अमेरिकी डलरको पुनर्निर्माण प्याकेजसमेत विस्तार गरेको छ ।

भ्रमण यसअघिका उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरता हो । गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त तालिम र समुद्री सुरक्षाबारे छलफल गर्नुभएको थियो । दुवै देशले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न रक्षा तथा समुद्री सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन् । रासस/एएनआई