१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो सफलता ?



अ+ अ-

काठमाडौँ। तिब्बतस्थित जिरोङ बन्दरगाह (केरुङ नाका) जोड्ने मुख्य सडक मार्ग सात दिन र सात रातको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ ।

अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले सेप्टेम्बर २, २०२६ मा उक्त मार्गको मुख्य खण्ड खोल्न सफलता प्राप्त गरेको हो ।

सडक पुनः सञ्चालन गर्ने कार्य प्राविधिक र प्राकृतिक रूपमा अत्यन्तै चुनौतीपूर्ण रहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

‘चाइना एनेङ’का अन–साइट कमाण्डर झाउ गाङकाअनुसार उद्धार कार्य सञ्चालन गरिएको क्षेत्र साँघुरो र गहिरो खोँचमा रहेकाले काम गर्ने ठाउँ निकै सिमित थियो ।तिब्र जलप्रवाहका कारण कतिपय अवस्थामा दुई घण्टाको अवधिमा पाँच मिटर पनि अघि बढ्न कठिन भएको उनले जानकारी दिए । प्रतिसेकेण्ड ६ देखि ७ मिटरको वेगमा बगिरहेको पानीले सडक निर्माणका लागि राखिएका सामग्रीहरू पटक–पटक बगाउँदा कार्य प्रगतिमा बाधा पुगेको थियो ।

दुई दशकभन्दा बढी अनुभव भएका एक्साभेटर अपरेटर हुआङ सुनले पानीमुनि सडकको अवस्था नदेखिँदा मेसिनकै अनुभवको भरमा बाटो पहिल्याउनुपरेको बताए । ‘पानीको बहाव यति तीव्र थियो कि त्यसले एक्साभेटरको बाल्टिनलाई समेत हुत्याइदिन्थ्यो ।’ सुनले भने, ‘हामीले पानीभित्रैबाट बाटोको अवस्था जाँच्दै र पहाड काट्दै नयाँ मार्ग तयार गर्नुप¥यो ।’

निर्माणका क्रममा साना बाढी, ढुङ्गा खस्ने र पहिरो जाने जोखिम निरन्तर रहेको थियो । सुरक्षाका लागि राडार र लेजर सेन्सर जस्ता आधुनिक प्रविधिको प्रयोग गरी पहाडको अवस्थाको निरन्तर निगरानी गरिएको थियो । कमाण्डर गाङकाअनुसार कतिपय स्थानमा घरभन्दा ठूला ढुङ्गाहरू खसेका कारण काम थप जटिल बनेको थियो ।

हाल सडकको मुख्य पहुँच मार्ग आधारभूत रूपमा सुचारु भएपनि उक्त क्षेत्रमा जीवनका अवशेष वा बेपत्ताहरूको खोजी कार्य अझै जारी रहेको छ ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल