१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन



अ+ अ-

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाउने कार्य अगाडि बढाइएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको हो।

पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ। रुख कटानसँगै पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू पनि दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।

रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने जनाइएको छ। सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम भइरहेको छ।