१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार



अ+ अ-

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

नेपाली सेनाका हेलिकप्टरमार्फत आज भदौ १५ गते दिउँसो १ः३० बजेसम्म ३३० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङमा समेत सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा करिब १५ मिटर भित्रसम्म पुगेर खोज तथा उद्धारको काम भइरहेको छ।

त्यस्तै, त्रिशूली–३ बीको सुरुङमा विज्ञ फौजसहितको टोली परिचालन गरी खोज तथा उद्धार जारी राखिएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पनि संयुक्त टोलीले खोजी गरेको छ। टोली सुरुङभित्र करिब २५० मिटर अगाडि रहेको अन्तिम भागसम्म पुगेको थियो। त्यहाँ मानिस फेला नपरेपछि टोली फर्किएको सेनाले जनाएको छ।

बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोला, डाँडा तथा स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्य गरिरहेका छन्।

सेनाले प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीयसँग समन्वय गरी खोज, उद्धार तथा आवश्यक सहयोगका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।