१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो ।

नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए । बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउदै ८७ रनमा समेटिएको थियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए ।

त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिदा करण केसीले २ विकेट हात पारे । नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ । –