१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कुविन्द्र बुर्लाकोटीले विपद्को समयमा गोरखामा वितरण भएका केही एलपी ग्यास सिलिन्डरमा मापदण्डभन्दा करिब ५ केजीसम्म कम ग्यास रहेको जानकारी आएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बुर्लाकोटीले आफूलाई प्राप्त विवरणसहित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेको बताएका छन्।

उनले विपद्को मौका छोपी हुन सक्ने सम्भावित अनियमिततामाथि कडा निगरानी आवश्यक रहेको उल्लेख गरेका छन्।

उद्योगहरूले आफ्ना उत्पादनको तोकिएको मापदण्ड पुनः जाँच गर्नुपर्ने र सम्बन्धित नियामक निकायले नियमित तथा प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

नियामक निकायको प्रभावकारी अनुगमनमा कमी देखिए सम्बन्धित निकायलाई समेत जवाफदेही बनाउनुपर्ने बुर्लाकोटीले बताएका छन्।