१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार यही भदौ १० गते आएको भीषण बाढीपछि भोटेकोशी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका नागरिक, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकसहित जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न प्राधिकरणले आग्रह गरेको छ।

अवस्था थप जोखिमपूर्ण देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले विशेष अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकी हुन्।