१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार



अ+ अ-

काठमाडौं । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र पारेको छ।

जटिल भूगोल तथा जोखिमपूर्ण अवस्थाका बाबजुद सेनाको उद्धार टोलीले आज बिहानैदेखि सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। हालसम्म सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन विवरण प्राप्त भइनसकेको भन्दै सेनाले खोजी कार्यलाई निरन्तरता दिएको छ। उद्धारका क्रममा सुरुङभित्रको अवस्था अप्ठ्यारो र जोखिमपूर्ण रहेकाले विशेष सावधानी अपनाइएको छ।

सेनाले प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त उद्धार टोली परिचालन गरी सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी गरिरहेको छ। जोखिमपूर्ण परिस्थितिका बीच पनि बाँकी व्यक्तिहरूको सकुशल उद्धारका लागि प्रयास जारी रहेको सेनाले जनाएको छ।