११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने



अ+ अ-

काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको अध्यक्षतामा बिहीबार सम्पन्न नगरपालिकाको १४७औँ कार्यपालिका बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार संस्थागत रूपमा ५ लाख रुपैयाँ र जनप्रतिनिधिको सेवा सुविधाबाट २ लाख रुपैयाँ सहयोग गरिनेछ। त्यस्तै, नगरपालिका तथा मातहतका निकायमा कार्यरत कर्मचारी र शिक्षकले खाइपाई आएको पाँच दिन बराबरको तलब तथा सुविधा समेत सहयोग गर्ने निर्णय भएको छ।

बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका विभिन्न तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेको तत्काल उद्धार तथा उपचार, सम्पर्कविहीनको खोजी, प्रभावितको सुरक्षा र राहत व्यवस्थापनमा तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै नगर प्रवक्ता दिपेन्द्र केसीले नगरपालिकाले विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहतमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।