१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह



अ+ अ-

काठमाडौं । चीनको स्वशासित क्षेत्रबाट सुरु भई रसुवा हुँदै भोटेकोशी तथा त्रिशूली नदीको तल्लोतटीय क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्य र राहतका लागि सहयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आग्रह गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले बुधबार खाद्य सुरक्षा क्लस्टरमा आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई पत्राचार गर्दै प्रभावित तथा जोखिममा रहेका नागरिकलाई पर्याप्त खाद्य सामग्री र अन्य अत्यावश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेको हो।

मन्त्रालयका सहसचिव ई. जगन्नाथ लिवारीले खाद्य सुरक्षा क्लस्टरका सह–अगुवा तथा सदस्य संस्थालाई उच्च सतर्क अवस्थामा रहन र बाढी प्रभावित क्षेत्रमा देखिएका तत्कालीन खाद्य सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न पूर्ण सहयोग तथा समन्वय गर्न आग्रह गरेका छन्।

मन्त्रालयले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक राहत सामग्रीको परिचालनलाई प्राथमिकतामा राख्नसमेत क्लस्टरमा आबद्ध साझेदार संस्थाहरूलाई अनुरोध गरेको छ।

मन्त्रालयले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना तथा प्रभावित नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता जनाएको छ।