१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन



अ+ अ-

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर परिचालन गरिएको छ।

उद्धार तथा राहतका लागि हेलिकप्टरमार्फत हुने हवाई उद्धारलाई सहज बनाउन काठमाडौंमा रहेको निगमको हवाई इन्धनसहितको ट्यांकर त्रिशूलीतर्फ पठाइएको हो।

बाढी प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पार्न हेलिकप्टर परिचालन भइरहेका बेला बीचमै इन्धन अभाव नहोस् भन्ने उद्देश्यले त्रिशूलीमै हवाई इन्धन उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

यस व्यवस्थाले विपद् प्रभावित क्षेत्रमा निरन्तर उद्धार तथा राहत सामग्री पुर्‍याउन परिचालित हेलिकप्टरलाई आवश्यकताअनुसार इन्धन भर्न सहज हुने अपेक्षा गरिएको छ।