१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा



अ+ अ-

काठमाडौं ।रसुवामा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार, राहत तथा समन्वयका लागि सुरक्षा निकायसहित राज्यका विभिन्न संयन्त्र परिचालन गरेको छ।

उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनाका दुई वटा उद्धार हेलिकप्टर र स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर गरी तीन वटा हेलिकप्टर टोली नुवाकोट र रसुवातर्फ प्रस्थान गरेका छन्।

यस्तै, धादिङ, नुवाकोट, रसुवा र चितवनमा रहेका सबै सुरक्षा निकायलाई फिल्डमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले आवश्यक समन्वय गरिरहेका छन्।

यसैबीच, नेपाल टेलिकमले धादिङ, नुवाकोट, रसुवा र चितवनमा फोन तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको छ। विपद्को समयमा उद्धार, राहत तथा आपसी समन्वय सहज बनाउन यस्तो व्यवस्था गरिएको हो।

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आवश्यक थप संयन्त्र परिचालन गर्ने जनाएको छ।