काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या रहेको भन्दै मेडिकल रिपोर्ट संसद् सचिवालयमा बुझाएपछि सांसद ज्ञानेन्द्र शाहीले त्यसबारे टिप्पणी गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको चस्माको रङभन्दा उनको काम महत्वपूर्ण हुने बताएका छन्।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्यो।’
चस्मा कालो वा सेतो भन्ने विषयभन्दा काम गर्ने क्षमता र परिणाम महत्वपूर्ण रहेको उल्लेख गर्दै शाहीले भनेका छन्, ‘त्यसैले कालो चश्मा कि सेतो चश्मा होइन, काम गर्ने चश्मा चाहिएको हो।’
प्रधानमन्त्री बालेनले संसद् बैठकमा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको भन्दै मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा बुझाएका छन्। त्यसपछि सांसद शाहीको यस्तो धारणा सार्वजनिक भएको हो।








