९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको एमाले संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ। नयाँ राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा एमालेले नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलसँग संवाद सुरु गर्ने भएको छ।

अन्य प्रदेशमा एमाले र नेकपाबीच सत्ता सहकार्य सुरु भइसकेको अवस्थामा गण्डकी प्रदेशमा पनि दुई दल मिलेर नयाँ सरकार निर्माणका लागि पहल अघि बढाइने थापा मगरले बताउनुभयो।

हाल नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्रीका रूपमा कार्यरत हुनुहुन्छ।

गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उहाँहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।




भर्खरै