९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा अनिवार्य रूपमा लगाउनुपर्ने स्वास्थ्य समस्या रहेको भन्दै मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा बुझाएका छन्।

प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने चिकित्सकीय बाध्यता रहेको उल्लेख गरिएको पत्र संसद् सचिवालयमा प्राप्त भएको संसद् सचिवालयले जनाएकाे छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासँग सम्बन्धित मेडिकल रिपोर्टसहितको पत्र मंगलबार बिहान संसद् सचिवालयमा आइपुगेको हो।

यसअघि साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डीपी अर्यालले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै संसद् बैठकमा कालो चस्मा लगाउन नपाइने बताएका थिए।

सभामुखको उक्त भनाइपछि प्रधानमन्त्री शाहले आफूले रहर वा औपचारिकताका लागि नभई स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको स्पष्ट पार्दै त्यससम्बन्धी चिकित्सकीय प्रमाण संसद् सचिवालयमा पेस गरेका हुन्।

संसद् बैठकमा पोसाक तथा मर्यादासम्बन्धी विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाको कारण देखाउँदै कालो चस्मा लगाउनुपर्ने बाध्यता रहेको जानकारी गराएका हुन्।




भर्खरै