९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले देशमा बढ्दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध तथा यस्ता घटनाप्रति सरकारको उदासीनताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाराको ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनाप्रति सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन् ।

सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँले बाल यौन हिंसासम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतमार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने माग गर्नुभयो ।

सांसद सोमनाथ पोर्तेलले पीडित परिवारमाथि दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको आलोचना गर्नुभयो । नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गर्दै उहाँले यस्ता घटनामा संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताउनुभयो । यस्ता घटनाले समाज र परिवारको संरचनामै गम्भीर असर पारिरहेको उल्लेख गर्दै उहाँले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन, शीघ्र न्याय तथा राज्यका सम्बन्धित निकायको जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।




भर्खरै