८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला



अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वासको संकेत भएको बताउनुभयो ।

उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६ देशलाई चिनेको दाबी गरिए पनि आफ्नै देशको अर्थतन्त्रको अवस्था बुझ्न नसकेको आरोप लगाउनुभयो । सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसद सङ्ग्रौलाले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो ।’

नेपालको अर्थतन्त्रमा यसअघि कहिल्यै नदेखिएको स्तरको समस्या र कमजोरी देखिएको दाबी गर्दै उहाँले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नहुनुको कारण सरकारले खोज्नुपर्ने बताउनुभयो ।

‘बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुई तिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ?’ उहाँले प्रश्न गर्नुभयो ।

सांसद सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै त्यसप्रति सरकारको ध्यान जान नसकेको आरोप लगाउनुभयो । पुँजीबजारमा देखिएको समस्या समाधान गर्नुपर्ने समयमा अर्थमन्त्री वाग्ले चिठ्ठा खेलाउने विषयमा बढी केन्द्रित भएको उहाँको आरोप थियो ।

उहाँले अर्थतन्त्रका समस्या समाधान नगरी देशको विकास सम्भव नहुने भन्दै सरकारलाई आर्थिक नीति प्रभावकारी बनाउन र लगानीको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।