८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या हुने घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेता शाहीले कानून संशोधनको मस्यौदा तयार गरी तत्काल संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको हो । उहाँले यस विषयमा सत्तापक्ष र प्रतिपक्ष नभनी संसदबाट कानून संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानून छ, यसलाई संशोधन गर्नुपर्ने देखियो । हामी सरकारलाई अपिल गर्न चाहन्छौँ, कानूनको ड्राफ्ट बनाएर ल्याउनुहोस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनीकन यसलाई संशोधन गरौँ र संसदबाट पास गरौँ ।”

नेता शाहीले यस विषयमा संसदमा पटक–पटक छलफल गर्नुभन्दा सरकारले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउनुपर्ने बताउनुभयो ।

यसैगरी, फरक प्रसंगमा उहाँले विदेशी स्याउको आयातका कारण स्वदेशी स्याउले बजार पाउन नसकेको बताउनुभयो । उहाँले भदौ र असोज महिनाभर विदेशी स्याउको आयात रोक्न कृषिमन्त्रीसँग आग्रह गर्नुभयो ।

नेता शाहीले जुम्लामा स्याउ उत्पादन बढाउन सरकारले लगानी गर्नुपर्नेमा समेत जोड दिनुभयो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै किसानले उचित बजार पाउने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।




भर्खरै