८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको प्रभाव र विश्वास घट्दै गएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या तथा सप्तरीमा बालिकाको हत्यालगायतका घटनाले आफूहरूलाई मर्माहत बनाएको बताए ।

उनले यस्ता घटनालाई दुईवटा घटनामा मात्रै सीमित गरेर हेर्न नहुने धारणा राखे । सरकार गठन भएयता कप्तानगञ्जको घटना, धार्मिक तथा सामाजिक सद्भावमा देखिएका समस्या र विभिन्न आन्दोलनका घटनाले जनतामा निराशा बढाएको उनको भनाइ थियो ।

‘हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस् वा विभिन्न किसिमका आन्दोलन हुन् । मिटरब्याज पीडित, लघुवित्त पीडित र डाक्टरका आन्दोलन पनि दिनानुदिन भइरहेका छन्,’ सिंहले भने, ‘यसले के देखाउँछ भने हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’

सिंहले पछिल्लो समय अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारजस्ता घटना बढिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यस्ता घटना तथा विभिन्न आन्दोलनले नेपाली जनता पीडामा रहेको स्पष्ट देखाउने भन्दै उनले सरकारले जनताको सुरक्षा र विश्वास कायम गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।




भर्खरै