१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता भइरहेको छ। वार्ता होटल याक एण्ड यतीमा भइरहेको छ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहेका छन्।

यो वार्तापछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ।