७ भाद्र २०८३, आईतवार
,
Latest
ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्न मिल्दैन’ : गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी कसैको व्यक्तिगत ‘मौजा’ नभएको बताएका छन्। उनले पार्टीभित्र कसले बोल्न पाउने र कसले नपाउने भन्ने निर्णय गर्ने अधिकार कसैलाई नभएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत बास्कोटाले सत्ता र नेताहरूमा कमजोर हुँदा अधिकारको कुरा गर्ने तथा शक्तिशाली हुँदा अरूको अभिव्यक्तिलाई अराजकता भन्ने प्रवृत्ति रहेको बताएका छन्।

‘कमजोर हुँदा अधिकार, बलियो हुँदा अराजकता ! जुनसुकै सत्ता वा नेता—हिजो, आज र भोलिको सदाबहार सत्य यही हो,’ उनले लेखेका छन्।

बास्कोटाले नेपालको वामपन्थी राजनीतिप्रति समेत टिप्पणी गर्दै अहिलेका वामपन्थी पार्टीहरू २०१७–२०२७ सालको अवस्थाजस्तै अन्योलमा पुगेको बताएका छन्। उनले वामपन्थी दलहरूको अवस्थालाई ‘क्रसरोडमा उभिएको यात्री’सँग तुलना गरेका छन्।