१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग: बक्सिङ खेलाडी छनोट भदौ अन्तिममा



अ+ अ-

काठमाडौं । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागिता जनाउने खेलाडीको अन्तिम छनोट भदौ २९ देखि ३१ सम्म गर्ने निर्णय गरेको छ ।

सागको लागि बक्सिङ खेलाडीको फाइनल छनोट लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा सञ्चालन हुनेछ । छनोटमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुने खेलाडी सहभागिता जनाउन पाउने छन् ।