१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री जोनसनको प्रस्ताव पुनः अस्विकार



अ+ अ-

काठमाडौं । बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार गरिदिएका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले पुनः अस्विकार गरेका हुन् । प्रधानमन्त्री जोनसनले निर्वाचन गराउनका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो ।

निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ । तर, प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदहरुले मात्र मतदान गरेका थिए, जुन आवश्यक संख्या भन्दा कम हो ।

यसअघि विपक्षी सांसदहरुले ब्रेक्जिट सम्झौताअघि नबढाउने कानून पारित गर्नुपर्ने दवाव दिँदै आएता पनि प्रधानन्त्री जोनसनले आफू कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने जनाएका थिए ।