२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेटको कप्तानमा अलराउण्डर किरोन पोलार्ड नियुक्त



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजले एकदिवसीय र टी–२० क्रिकेटको कप्तानमा अलराउण्डर किरोन पोलार्ड नियुक्त भएका छन् । यसअघि एकदिवसीय क्रिकेटमा ज्यासन होल्डर कप्तान थिए भने टी– २० क्रिकेटमा कार्लोस ब्राथवइट कप्तान रहेका थिए ।

तर वेष्ट इन्डिज क्रिकेट बोर्डले होल्डर र कार्लोसलाई हटाउँदै पोलार्डलाई क्रिकेटको एकदिवसीय र टी–२० फर्म्याटको कप्तानीमा नियुक्त गरेको हो । ३२ वर्षीय पोलार्ड घरेलु मैदानमा भारतविरुद्ध भएको टी–२० सिरिजको लागि टिममा परेका थिए तर उनले खेल्न पाएनन् ।

इंग्ल्यान्ड र वेल्समा सम्पन्न भएको विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले ज्यासन होल्डरको कप्तानीमा खेद्ला वेष्ट इन्डिजको प्रदर्शन निकै खराब रहेको थियो । विश्वकपमा होल्डरको टिमले मात्र दुई खेल जितेको थियो ।