१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक ४० देखि ५० जना मौसमी ज्वरोका बिरामी अस्पतालमा



अ+ अ-

सल्यान । जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताए ।

अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिने गरेको उनको भनाई छ । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना मौसमी ज्वरोको बिरामी आउने गरेका छन् ।

“जिल्ला अस्पताल सल्यानमा सामान्य अवस्थामा तीनदेखि पाँच जना ज्वारोका बिरामी आउँछन्, तर केही दिनदेखि ३० देखि ४० जना बिरामीहरु आउन थालेका छन्”, डा. शर्माले भने, “मौसमी ज्वरो तथा रुघाखोकी सरुवा रोग भएकाले एकअर्कामा छिटै सर्ने भएकाले बिरामी बढेको हुन सक्छ ।”

अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा. शर्माको
भनाई छ । “अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा मौसमी ज्वरोको बिरामीको चाप बढेको छ, स्थानीय तहका स्वास्थ्य संस्थाले सिफारिश गरेका बिरामीको सङ्ख्या पनि बढेको छ”, डा. शर्माले भने ।

“ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकाशंको जिल्ला अस्पतालमै उपचार गरिएको छ, यहाँ उपचार सम्भव नभएकालाई भने सिफारिश गरिएको छ”, डा. शर्माले भने। भाइरल ज्वरो तथा रुघाखोकी पाँचदेखि सात दिनमा आफैं निको हुने भए पनि कहिलेकाहीँ जोखिमसमेत हुनसक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधि रहेको अस्पतालले जनाएको छ । भाइरल ज्वरोबाट बच्न खानपिन तथा सरसफाइमा ध्यान दिनुपर्ने, हात नमिलाउने तातोपानी पिउनुपर्ने चिकित्सकको सुझाव छ ।