२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गुबाट १ हजारभन्दा बढी संक्रमित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् । सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो । सो रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी गराए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको सङ्ख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ । उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ ।

सो अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै सोको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ । डेङ्गु रोगको उपचारमा संलग्न रहनुभएका डा. भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेङ्गुको सङ्क्रमण हुने देखिएकाले असोज महीनासम्म सो रोगको प्रभाव रहनसक्ने र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए ।

एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामका लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फूल पार्ने भएकाले त्यस्ता स्थानमा सफाइ गर्नुपर्ने हुन्छ ।

उक्त जातको लामखुट्टे प्रायः दिउँसै टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगाले ढाक्नुपर्छ । डेङ्गु फैलाउने लामखुट्टे भुइँदेखि बढीमा तीन फिट माथिसम्म मात्र उड्न सक्ने भएकाले खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव छ ।

डेङ्गु रोग लागेका बिरामीलाई जाडो हुनाका साथै उच्च ज्वरो आउने, जीउ तथा हाडजोर्नी बेस्सरी दुख्ने, प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने चिकित्सकहरु बताउँछन् ।