२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख रुपैयाँ बराबरको अवैध औषधी बरामद



अ+ अ-

सिरहा । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १५ लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । सिरहा नगरपालिका १७ पर्टेवामा सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर ल्याउँदै गरेको सो औषधी बरामद गरेको हो ।

आईसियू, इमरजेन्सी, शल्यक्रिया (अप्रेशन) लगायत उपचारमा प्रयोग हुने ३८ प्रकारका औषधी भन्सार छलेर ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहाले बताए ।भारतबाट सिरहाको विभिन्न बाटो भई नेपालमा औषधी अवैध रुपमा आयात हुने गरेको छ ।

औषधी बरामद भएपनि तस्करीमा संलग्नलाई सशस्त्र प्रहरीले पक्राउ गर्न भने सकेको छैन । बरामद औषधी जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।