४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको भन्दै उसलाई काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

उहाँले पाँच वर्षपछि कांग्रेसले सरकार सञ्चालन गर्ने गरी आफूहरू तयारीमा जुट्ने बताउनुभयो । विगतका राजनीतिक घटनाबाट पाठ सिकेर कांग्रेसले आफूलाई सुधार्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

नयाँ राजनीतिक शक्तिहरूलाई विगतमा पुराना दलहरूले गरेका गल्ती र भोगेका संकट नदोहोर्‍याउन सुझाव दिँदै थापाले संख्यात्मक शक्ति नै सबैथोक हो भन्ने भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गर्नुभयो ।

विगतमा कांग्रेस र एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उहाँले बताउनुभयो । दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उहाँको भनाइ थियो ।

‘हामी एकैपटक माथि मात्रै हेर्‍यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्‍यौँ, त्यसले हामीलाई ठीक ठाउँमा पुर्‍याउन सक्दैन,’ उहाँले भन्नुभयो, ‘हिजो हामीले सिकेको कुरा हो यो । हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ ।’

थापाले रास्वपाले पाँच वर्ष नेतृत्व गर्ने र त्यसपछि निर्वाचनमार्फत जनताले निर्णय गर्ने बताउनुभयो । ‘नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । नेपालले थेग्न सक्दैन,’ उहाँले भन्नुभयो ।

लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै पक्षका नागरिकको विश्वास कायम राख्नुपर्ने बताउनुभयो ।

सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति समेत प्रश्न उठाउनुभयो । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

‘मैले भोट पाएको छु, मैले जे बोले पनि हुन्छ, जे फुके पनि हुन्छ भन्ने संसद हो यो ? संसदको गरिमा हुँदैन ? संसदको मर्यादा हुँदैन ?’ उहाँले प्रश्न गर्नुभयो ।

संसद, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकार कानुनी रूपमा मात्रै नभई जनभावनाका दृष्टिले समेत वैध र औचित्यपूर्ण ढंगले प्रयोग गर्नुपर्ने थापाले बताउनुभयो ।

कतिपय निर्णय कानुनसम्मत भए पनि जनभावनाविपरीत हुन सक्ने उल्लेख गर्दै उहाँले जनताको भावनाविपरीत जाने छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो ।