३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।
कुल ४० सदस्यीय प्रदेश सभामा बुधबार ३६ सांसद उपस्थित थिए। प्रस्तावको पक्षमा २१, विपक्षमा १३ मत परेको छ भने दुई सांसद तटस्थ बसेका छन्।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री शाहीले आवश्यक बहुमत प्राप्त गरेसँगै सरकारको निरन्तरता सुनिश्चित भएको छ।

प्रदेश सभामा सत्तारूढ नेकपाका १४ र एमालेका १० जना गरी २४ सांसद छन्। एमालेका १० सांसदमध्ये सभामुखसमेत रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका १५ सांसद छन्। नेकपा परित्याग गरेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाका एक सांसद पनि प्रदेश सभामा रहेका छन्।