३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न



अ+ अ-

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। भ्रमणका क्रममा नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर तथा प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

जनरल सेठको नेपाल भ्रमणका क्रममा दुई देशबीचको सैनिक सम्बन्ध, आपसी सहयोग तथा सहकार्यका विषयमा छलफल भएको थियो। भ्रमणले नेपाल–भारतबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको जनाइएको छ।

नेपाल भ्रमण सम्पन्न गरी भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किएका छन्। भ्रमणलाई दुई देशका सुरक्षा निकायबीचको आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।