२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनापछि पत्रकारले पाए सफाई



अ+ अ-

काठमाडौं । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन्। समाचार लेखेकै आधारमा पत्रकार गोपाल चन्द र केबी गुरुङले विद्युतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए।

१० महिनापछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो।

अदालतमा मंगलबार भएको बहसमा पत्रकार चन्द र गुरुङकोतर्फबाट अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो। उनी १८ दिने हिरासत बसाइपछि छुटेका थिए।

गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकमा अर्कै अनलाइनको स्रोत दिई समाचार सम्प्रेषण भएको थियो।

सूचना विभागमा सूचिकृत अनलाइनको समाचारलाई प्रेस काउन्सिलले हेर्नुपर्ने भएपनि प्रहरीले पक्राउ गरेपछि आलोचना भएको थियो।