३ भाद्र २०८३, बुधबार
,
Latest
‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी पछिल्लो निर्णयविरुद्ध अदालत जाने तयारी गरेको छ।

संस्थापनइतर पक्षका नेताहरूले एक–दुई दिनभित्रै अदालत जाने तयारी भइरहेको बताएका छन्। यसका लागि कानुनी पक्षबारे अध्ययन भइरहेको उनीहरूको भनाइ छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार केन्द्रीय समितिको यसअघिको निर्णयअनुसार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यथावत् राख्दै तल्ला तहका अधिवेशनको तालिका भने हेरफेर गरेको थियो।

निर्वाचन समितिको उक्त निर्णयपछि पार्टीभित्रको विवाद थप चर्किएको हो। संस्थापनइतर पक्षले महाधिवेशनको प्रक्रिया र कार्यतालिकासम्बन्धी विषयलाई लिएर कानुनी बाटो रोज्ने तयारी गरेको जनाएको छ।

यसअघि विशेष महाधिवेशनसम्बन्धी निर्णयको पुनरवलोकन माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष अदालत पुगेको थियो। उक्त विषयमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएपछि कांग्रेसभित्र महाधिवेशनसम्बन्धी कानुनी विवाद थप पेचिलो बनेको छ।

अब निर्वाचन समितिले तय गरेको पछिल्लो कार्यतालिका र त्यससँग सम्बन्धित निर्णयविरुद्ध संस्थापनइतर पक्षले अदालतमा कस्तो कानुनी दाबी अघि सार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।




भर्खरै